गभर्नर क्योमो भन्छन्, ‘न्यूयोर्क कहिल्यै लकडाउन हुँदैन’



एजेन्सी : न्यूयोर्कका गभर्नर एन्ड्रू क्योमोले कुनै पनि हालतमा शहर लकडाउन नहुने बताएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पसँग भनाईलाई समर्थन गर्दै क्योमोले न्यूयोर्क लकडाउन नहुने बताएका हुन् ।

‘न्यूयोर्क त पहिलेदेखि नै क्वारेन्टाइनमा छ, यहाँ न त भिड हुन्छ, न सार्वजनिक कार्यक्रम’ क्योमोले सीएनएनसँग भने, ‘यदि मानिसहरुलाई घरबाट बाहिर निस्कन दिए त्यो लकडाउन हुनेछ । त्यसपछि हामी चीनको ऊहानजस्तै हुनेछौं जसको कुनै अर्थ छैन । ‘

क्योमोले लकडाउनको विचारलाई ‘अमेरिकी विरोधी’ र ‘अर्थव्यवस्थाका लागि खतरा’ रहेको बताएका छन् । उनका अनुसार लकडाउन लागू गर्नु ‘युद्धको घोषणा’ सरह हुनेछ र आफूले यसलाई कुनै पनि हालतमा स्विकार गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्