६० जना रौतहटको विभिन्न १२ तहमा संचालित क्वारेन्टाइनमा



वीरगन्ज– कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढे संगैरौतहट जिल्लाको क्यारेन्टाइनमा बस्नेको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ ।

तेश्रो मुलुक तथा भारतको विभिन्न शहरबाट फर्केका करिब ६० जनालाई विभिन्न तहले संचालन गरेको क्यारेन्टाईनमा राखिएको हो ।

६० जनालाई विभिन्न १२ वटा स्थानिय तहमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् ।

त्यसेगरी १६ जनालाई गौर नगरपालिकाको नर्सिङ्ग कलेजमा, २४ जनालाई चन्द्रपुर नगरपालिकाको एन्फा एकेडमीमा, १८ जनालाई जनता मावि औरहियामा, २ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजपुर फरहदवामा, ८ जनालाई चन्द्रनिगाहपुरको अस्पतालमा, ७ जनालाई ब्रहमज्योती मावि लौकाहामा, ९ जनालाई शेर बहादुर दरलामी खेलमैदान महिला एकेडमी भवनमा, १६ जनालाई गौर नर्सिङ्ग ईन्स्टियूटको क्वारेन्टाईमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

कुनै लक्ष्ण नदेखिए तापनि विदेशबाट फर्केको हुनाले आफनै सर्तकताको लागि क्वारेन्टाईनमा बस्न आएको उनीहरुले बताए । भारतमा तिव्र रुपमा कोरोना भाइरस फैलिएको छ, हामी पनि भारतमै बसेर आएका हौं, क्वारेन्टाईनमा बसेका मगनि ठाकुरले भने, शंकाको आधारमा मात्र स्वेच्छाले मात्र यहाँ वस्न आएका हौं ।

उनले भने– ‘आफूहरु मानसिक रुपमा अहिलेको अवस्थाको सामना गर्न तयार छौं, क्वारेन्टाईनमा बस्दैमा कोरोना भाइरस नै लागेको सोच्नु गलत हो ।’

कोरोना बारे गलत अफवाका कारण मान्छेहरू आंतकित हुने गरेका छन, जसले गर्दा त्रासको माहोल भएको छ । आफू र अरुलाई समेत यसको विरुद्ध चसेत गराउँन आवश्यक रहेको उनले बताए ।

गौर नर्सिङ्ग इन्स्टियूटमा रहेका कुन्दन सहनीले पनि भारतको कोलकतामा काम गरेर नेपाल फर्किएको र सो क्रममा संक्रमण भएको पनि हुनसक्ने आशंकाले आफूहरु क्वारेनटाइनमा बस्न आएको बताए ।

उनले आफुले नेपाल आएर पनि २–३ पटक स्वास्थ्य परीक्षण गराउँदा केही नदेखिएको तर पनि मनको शान्तिका लागि र समाजको सुरक्षाका लागि क्वारेनटाइनमा बस्न आएको बताए ।

प्रतिक्रिया दिनुहोस्