सूर्यविनायकमा १०० जनाका लागि क्वारेन्टाइन



भक्तपुर : सूर्यविनायक नगरपालिकाले कोरोना भाइरसका शङ्कास्पद व्यक्ति राख्न १०० जना क्षमताको क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकामा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको अगुवाइमा नगरपालिकाका प्रमुख वासुदेव थापाको नेतृत्वमा बनेको टोलीले कोरोना भाइरसको सङ्क्रमण रोक्नदेखि उपचारसम्मको व्यवस्था गरेको छ ।

नगरपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रत्येक वडामा प्रतिकार्य योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । स्थानीय बासिन्दामा कोरोना भाइरसको लक्षण देखिए राख्न क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेको जानकारी दिँदै नगरपालिका प्रमुख थापाले भन्नुभयो, “नगरपालिकाले १०० शङ्कास्पद बिरामी राख्ने क्षमताको सुविधासम्पन्न आवाससहितको क्वारेन्टाइनको व्यवस्था गरिसकेका छौँ, हाम्रो नगरपालिकामा औषधिदेखि खाद्यान्नसम्मको अभाव हुन दिन्नाैँ ।”

नगरवासीलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या आएमा प्रत्येक वडाको स्वास्थ्य चौकी सम्पर्क गर्न वा नगरपालिकाले तयार पारेको चिकित्सकको टोलीलाई टेलिफोनबाट वा प्रत्यक्ष भेटेर परामर्श लिन र स्वास्थ्य परीक्षण गर्नसक्ने व्यवस्था गरेको नगरप्रमुख थापाले जानकारी दिए ।

सूर्यविनायक नगर अस्पताल दधिकोटका डा निशा राई, डा अनन्त थापा, नगर स्वास्थ्य संयोजक वसन्त चापागाईं र सहसंयोजक विक्रम मगरसहित स्वास्थ्य चौकीमा सिरुटारका मदन राजथला, बालकोटका पुण्यप्रसाद काफ्ले, कटुञ्जेका स्वस्ती आचार्य, गुण्डुका मुकुन्दप्रसाद चौलागाईं, सिपाडोलका उमेशचन्द्र धौवडेल, नङ्खेलका राजीव महतो, चित्तापोलका राजेन्द्र फैंजु र नगर प्रहरी निरीक्षक विश्वराम नगरकोटी रहेको स्वास्थ्य टोली नगरपालिकाले परिचालन गरेको छ ।

उक्त अस्पतालमा कोभिड–१९ को आकस्मिक स्वास्थ्य परीक्षण, कोरोना सङ्क्रमित मात्रै बोक्ने एम्बुलेन्स, स्वास्थ्यकर्मीका लागि पिपीइलगायतको आवश्यक व्यवस्था नगरपालिकाले गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।

“स्कूल कलेजमा क्वारेन्टाइन बनाउने प्रस्ताव आएको थियो, क्वारेन्टाइनमा एउटै पानी, एउटै धारा, एउटै शौचालय प्रयोग गर्दा एक जनामा मात्रै कोरोना भाइरस रहेछ भने सबैलाई सर्न सक्छ”, ज्ञवालीले भने, “सुरक्षालाई ख्याल गर्दै नगरपालिकाले होटलका सुविधायुक्त कोठालाई क्वारेन्टाइ बनाउने भएका छौँ, होटल छनोट गरेर तयारीमा राखेका छौँ ।”

सूर्यविनायकमा दुई सातायता अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, मेलेशिया, दुबई, कतार, कुबेत, भारत, बङ्गलादेश, कोरिया, पोल्याण्ड, साइप्रस, इण्डोनेशिया, मकाउबाट फर्किएका २१ महिला, ५० पुरुषसहित ७१ जनाको वडागत लगत सङ्कलन गरी घरभित्रै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परामर्श गराइएको जानकारी दिँदै उहाँले विदेशबाट आएकालाई कम्तीमा १४ दिन घरभित्रै बस्न भनिएको र अटेर गरे नगरपालिकाको क्वारेन्टाइनमा लगेर राख्ने बताए ।

स्थानीयमा रुघा, सुक्खा खोकी, उच्च ज्वरो र थकाइ लाग्ने लक्षण देखिएमा स्वास्थ्य संस्था एवं वडास्थित निर्वाचित जनप्रतिनिधिलाई तत्काल खबर गर्न आह्वान गरेको छ । नेपाल सरकारले तोकेको अनिवार्य सेवाहरु वडासमितिले सञ्चालन गर्ने, वडागत घरपरिवारको विवरण सङ्कलन गरी आवश्यकता पर्दा नेपाली सेना वीर दल गण, प्रहरी र नगरपालिकाको संयुक्त पहलमा घरदैलोमै खाद्य सामग्री उपलब्ध गराउने भएको छ ।

खाद्य तथा तरकारी पसल खोल्ने निश्चित समय तोक्ने, प्रत्येक पसलमा अनिवार्यरूपमा साबुनपानीले हात धुने, चिया बिक्री गर्न नपाइने, दूरी कायम गर्दै पसल धनीले समेत आवश्यक स्वास्थ्य सतर्कता अपनाउने आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय भएको छ । इँटाभट्टालगायत अन्य औद्योगिक तथा निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुको विवरण वडागतरूपमा सङ्कलन गर्ने र त्यस्ता मजदुरलाई दैनिक उपभोग्य सामग्री अभाव भएमा वडाध्यक्षले सम्बन्धित उद्योग तथा निर्माण व्यवसायीसँग समन्वय गरी वितरण गरिने भएको छ ।

सांसद बस्नेतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले विशेष रणनीति तय गरेकाले कोही पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । भाइरसको सङ्क्रमणबाट आफू, आफ्नो परिवार, समाज तथा सम्पूर्ण नागरिकलाई बाँच्ने र बचाउने कार्यमा नेपाल सरकारले गरेको लकडाउनलाई सबैले पालना गर्न उनले अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार
काठमाडौँ । सत्तारुढ नेकपाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । पार्टीको आइतबार साँझ बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशसानको कारवाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको छ । यसअघि १० गते बस्ने भनिएके केन्द्रीय समिति ७ गते नै डाकिएको छ । बैठकले सरकारको संसद विघटनको कदम अस्वीकार गरेको छ । बैठकले संसद् विघटन गर्ने कदम असंवैधानिक र निरंकुश रहेको ठहर गरेको छ । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटन गर्ने सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर बैठकले गरेको जानकारी दिए । ‘सरकारको उक्त कदमलाई अस्वीकार गर्ने निर्णय लिइएको हो । सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नु पनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको छ’ उनले बताए । श्रेष्ठका अनुसार सरकारको कदमविरुद्ध नेकपाले कानुनी उपचार खोज्ने निष्कर्ष पनि निकालिएको छ । बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । आगामी रणनीति र कदमबारे छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाइएको छ भने स्थायी समितिको बैठक पनि सोमबार दिउँसो बोलाइएको छ । बैठकमा बोल्ने अधिकांश सदस्यहरूले ओलीको कदम गैरजिम्मेवारपूर्ण र जनादेशको अपमान भएकोले यसले पार्टीलाई नोक्शानी पुग्ने भन्दै विरोध गरेका थिए । प्रधानमन्त्रीको गलत सिफारिस सच्चाउनुको सट्टा हतारमा अनुमोदन गर्ने राष्ट्रपतिको कदमको पनि नेताहरुले भत्र्सना गरेका थिए ।

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि

काठमाडौं ।सरकारले कोरोनाभाइरस विरुद्धको कोभिशिल्ड खोप १४ गतेदेखि दिन सुरु गर्ने भएको छ । कोरोनाविरुद्धको

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन तथा ७ जनाको सरूवा भएको

काठमाडौं । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपाले देशमा स्थिर सरकार नदिएको टिप्पणी गरेका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान र लोकतन्त्रविरोधी भएको

मलंगवा । सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन्

काठमाडौं । नेपाल बार एसोसियसनका पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बारका पूर्वअध्यक्ष तथा जेष्ठ अधिवक्ता

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिवेक्षक पदमा दरखास्त आह्वान भएको छ

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् । ४९ वर्षको उमेरमा

काठमाडौं । संसद विघटनबारे राजपत्रमा छापिएको सम्बन्धित सूचनाको आधिकारिकताबारे नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको

काठमाडौं : गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको