कोभिड –१९ : घर बाहिर ननिस्कन आग्रह


कोहलपुर : नेपाल भारत सीमानाका जोडिएको बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नंं २ स्थित वेतहनी स्वास्थ्य चौकिमा ११ श्ययाको क्वारेन्टाइन तयार पारिएको छ ।

कोभिड १९ को सम्भावित जोखिम आउन नदिन गाउँपालिकाले जनचेतनाका साथमा क्वारेन्टाइन तयार गरेको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले जानकारी दिए । वडा नं ४ कम्दीस्थित आधारभुत विद्यालय शाहपुर्वा र वडा नंं ६ हिरमिनियामा आवश्यकताअनुसार थप दश ÷दश श्ययाको क्वारेन्टाइन तयार गरिने उनले जानकारी दिए ।

गाउँपालिकामा स्वास्थ्य सरसफाइ तथा जोखिमबाट बच्नका लागि उच्च सतर्कता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामुलक सन्देशसहितको माइकिङ्गको भइहेकोे गाउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ काँरकाँदोले करिव दुईहजार ७०० घरधुरीमा माक्स र डिटोल सावुन वितरण गरेको छ । वडावासीको घरघरमा गएर ती सामग्री वितरण गरेको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिए । उनले दैनिक उपभोगका वस्तु अभाव हुन नदिने जानकारी दिँदै घरबाहिर ननिस्कन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ । स्थानेश्वर मार्गमा बस्ने ३५

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार