कोरोना भाइरस नियन्त्रणका लागि उद्योगी व्यवसायीबाट दुई/दुई लाख सहयोग


झापा : झापामा रहेका उद्योगी व्यवसायीले कोरोना भाइरसको नियन्त्रणका लागि दुई/दुई लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । व्यवसायीहरुको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घमार्फत झापाका उद्योगी व्यवसायीले जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भएका हुन् ।

विर्तामोडस्थित अतिथि सदनमा शनिबार भएको सर्वपक्षीय भेलामा विर्तामोड, झापा, मेची र दमक उद्योग वाणिज्य सङ्घले दुई/दुई लाख रुपैयाँ र अन्य वाणिज्य सङघले एक/एक लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जिल्लास्थित विपद् व्यवस्थापन समितिले रु ५० लाखको कोष खडा गरेको छ । बैठकमा उद्योग तथा व्यवसायीले मजदूर राखेको भए लकडाउनको अवधिभर उनीहरुलाई खान, बस्नको व्यवस्था गर्न आग्रह गरिएको छ । सहकारी सङ्घलाई विपन्न नागरिकलाई आवश्यक खाद्यान्न राहतको तयारी गरी स्थानीय तहसँग समन्व्य गरेर वितरणको व्यवस्था गर्न र विभिन्न सामाजिक सङ्घ संस्थालाई राहत कोषमा सहयोग गर्न आह्वान समेत गरेको छ ।

खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुलाई सहजरूपमा विक्री वितरण र आपूर्तिको व्यवस्था मिलाउन व्यवसायीहरुले पहल गर्ने निर्णय भएको छ । बैठकमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेसका सभापति उद्धव थापा, प्रमुख जिल्ला अधिकारी उदय राना, प्रहरी उपरीक्षक कृष्ण कोइराला, श्रीनयाँ श्रीनाथ गणका गणपति अमरजङ्ग थापा, सशस्त्र प्रहरीका रेशमकुमार थक्सू, रेडक्रस झापाका सभापति लोकराज ढकाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा

काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी दिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक

काठमाडौं– सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब ८० करोड

काठमाडौं : सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७

काठमाडौं– नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने भएको छ ।बिहिबार संसदमा आगामी

काठमाडौं– सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरिएको छ

काठमाडौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय

काठमाडौं : सरकारले उखु उत्पादक किसानलाई अनुदान दिने निर्णय गरेको छ । सरकारले उखु उत्पादन