टिपर व्यवसायीले गरे सुरक्षाको माग 



विराटनगर : टिपर व्यवसायीहरुले सुरक्षाको माग गर्दै प्रदेश नम्वर १ को सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय पुगेर टिपर व्यवसायीले मन्त्री हिक्मत कार्कीलाई ज्ञापपत्र बुझाएका हुन् ।

सुन्दरहरैंचा नगरपालिकामा सातवटा टिपरमा आगजनी गर्ने समुहलाई कानुनी कारवाहीको दायरमा ल्याउनु पर्ने उनिहरुको माग छ । चरणवद्ध आन्दोलनको घोषणा गरेको संघले बुधबार सबै टिपर ग्यारेजमा थन्क्याएको थियो ।

पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले दोषीमाथि कारवाही र उचित क्षतिपूर्तिको माग राखेको बताए । गत सोमबार विहान मोरङको सुन्दरपुरहरैंचा –९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोसित स्थानीयबासिन्दाले सातवटा टिपरमा आगो लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्