सरकारको विरोध गर्दै वीरगञ्जमा मसाल जुलुस 



वीरगञ्ज: नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले सरकारको विरोधमा वीरगञ्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । केपी ओली नेतृत्वको सरकारले जनविरोधी निर्णय गरेको भन्दै  नेविसंघले वीरगञ्जको विभिन्न चोकमा एकैसाथ मसाल जुलुस प्रदर्शन गरेको हो ।

मुख्यचोक घण्टाघर, पानगल्ली र माईस्थान चोकबाट एकैसाथ मसाल जुलुस निकालिएको थियो । मसाल जुलुसमा सहभागि विद्यार्थीहरुले सरकार विरुद्ध चर्को नारा लगाएका थिए । संघका जिल्ला सभापति विश्वास दुवेद्धीको नेतृत्वको मसाल जुलुस आर्दशनगर चोकसम्म पुगेको थियो ।

जुलुस नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो भने कतिपय स्थानमा विद्यार्थी र प्रहरीबीच विवाद उत्पन्न भएको थियो । मसाल चलाउने क्रममा पानगल्लीबाट आधादर्जन विद्यार्थीहरुलाई पुलिसले नियन्त्रणमा लिएपछि विद्यार्थीहरुले चौतर्फी रुपमा मसाल लिएर घेरा गरेका थिए ।

प्रहरीको बाक्लो उपस्थित रहेपनि विद्यार्थीहरुले मसाल जुलुस निकाल्न सफल भएका थिए । संघका केन्द्रीय सदस्य सुधिर पटेलले लोकतन्त्रमा शान्तिपुर्ण प्रदर्शन गर्न पाउने अधिकार भएपनि प्रहरीले दमन गरी आवाज दवाउने प्रयास गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्