प्रदेश सरकारको राहत कोषमा सिद्धार्थ बैंकद्वारा १० लाखको सहयोग



जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले स्थापना गरेको २५ करोडको राहत कोषमा विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने क्रम सुरु भएको छ ।

प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा आज (आइतबार) सिद्धार्थ बैंकले १० लाख रुपैयाँ जम्मा गरेको छ । सिद्धार्थ बैंकले १० लाख रुपैयाँको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङ्गले पनि २५ लाख रुपैयाँ प्रदेश सरकारको राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । सरकारको राहत कोषमा प्रदेशका मन्त्रीहरुले एक महिना तथा नेकपा र नेपाली काँग्रेसका सांसदहरुले १० दिनकोे तलब जम्मा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्