युटुब ट्रेन्डिङको शीर्ष स्थानमा चलचित्र ‘पोई पर्यो काले’



काठमाडौं : नेपाली चलचित्र ‘पोई पर्यो काले’ले युटुबमा दर्शकको राम्रो साथ पाएको छ ।यो चलचित्र युटुबमा सार्वजनिक भएको २ दिनमै नेपालको नम्बर १ ट्रेन्डिङमा परेको छ ।

२३ लाख बढीले हेरेका छन् । चलचित्र अहिले शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले रुचाएका छन् ।

कात्तिकको ८ गतेबाट रिलिज भएको यो चलचित्रलाई हलमा प्रदर्शन भएको ५ महिनामै युटुब रिलिज गरिएको हो । यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्