नयाँ चलचित्र गर्न आएकी ‘कृ’ अभिनेत्री अदिती घरमै बस्न बाध्य



काठमाडौं : कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । केही दिनदेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउएका छैनन् । यो निर्णयलाई नेपाली सेलिब्रेटीहरुले पनि समर्थन जनाएका छन् । ‘लकडाउन’ अवधि लम्बिन सक्ने प्रवल सम्भावना देखिएको छ ।

आम सर्वसाधारण मात्र होइन, नेपाली सेलिब्रेटीहरु पनि कोरोनाको त्रासमा बाँचिरहेका छन् । यहि समयमा नायिका अदिती बुढाथोकी नयाँ चलचित्र गर्न मुम्बईबाट नेपाल आएकी थिइन् । तर, अहिले कोरोना भाइरसका कारण उनी घरमै बस्न बाध्य भएकी छन् । चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी नायिका अदिती बुढाथोकीले लामो समयपछि नेपाली चलचित्र गर्न लागेकी हुन् ।

सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको नयाँ चलचित्र चैतको पहिलो साता घोषणा गरेर बैशाख पहिलो साताबाट फ्लोरमा जाने तयारीमा थियो । तर, कोरोना त्रासका कारण चलचित्रको छायांकन पछाडि धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस्