अन्जु पन्तको नयाँ गीत ‘फुलेको केश’मा दिलिप र शिरु



काठमाडौं : अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘फुलेको केश’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा दीलिप रायमाझी, शिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ ।

गीतमा तारा अधिकारीको शब्द, वसन्त सापकोटाको संगीत र फनिन्द्र राईको एरेन्ज रहेको छ ।

रमेश थापाको निर्देशनमा बनेको भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ । रत्न जोशीको करियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादन भने नहकुल खड्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्