कोरोनाको आशंकामा अस्पतालको आइसोलेनमा रहेका एक जनाको मृत्यु



काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवाको आइतबार मृत्यु भएको हो ।

वैदेशिक रोजगारीको क्रममा दुबईबाट फर्किएका ती युवा शुक्रबार बुटवलको कोरोना अस्पतालमा आइसोलेसनमा बसेका थिए ।

उनको स्वाव परीक्षणका लागि काठमाडौंमा ल्याइएको तर अहिलेसम्म रिपोेर्ट आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्