अलपत्र परेका ११ सय १६ पर्यटकको उद्दार, तत्कालका लागि उद्दार स्थगित



काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका ११ सय १६ पर्यटकहरुलाई उद्दार गरेको छ। आइतबार विहानसम्म ११ सय १६ पर्यटक उद्दार गरिएको संस्कृती पर्यटन तथा नागरिक उड्डयन सचिव केदार बहादुर अधिकारीले जानकारी गराएका छन् ।

जसमा शनिवार सम्म ९सय पर्यटक आफ्नो देश फिर्ता गएको उनले बताएका छन् ।
पर्यटन बोर्डले लकडाउनका कारण देशका विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई विहिबारबाट उद्दार गर्न समन्वय गरिरहेको थियो ।

लकडाउन भएपनि विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेशलैजान परराष्ट्र मार्फत चटर्ड उडानको विशेष अनुमति माग गरेका थिए । यसैबीच सरकारले तत्कालको लागि पर्यटक उद्दारको काम रोकोको छ । अर्को सुचना जारी नभएसम्मको लागि सबै पर्यटक उद्दार स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्