भीआईपीमा कोरोना



एजेन्सी : करिव ४ महिनाअघि चीनको वुहान शहरबाट शुरु भएको कोरोनाभाइरस एतिबेला विश्वको १ सय ९९ सय देश र भू–भागमा फैलिएका छ । विश्वका सबै देश अहिले कोरोनाभाइरसको त्रास र सन्त्रासमा छ ।

हालसम्म केरोनाभाइरसबाट ७ लाख २४ हजार ५ सय ९२ जना संक्रमित भएको पुष्टि भएको छ । ३४ हजार १७ जनाको मृत्यु भएको छ भने १ लाख ५२ हजार ७६ जना उपचारपछि घर फर्किएको बताइएको छ । एक्टिभ केश ५ लाख ३८ हजार ४ सय ९९ रहेको छ । जसमध्ये ५ लाख ११ हजार ७ सय ८० जना अर्थात ९५ प्रतिशतको अवस्था सामान्य रहेको छ भने २६ हजार ७ सय १९ जना अर्थात ५ प्रतिशतको अवस्था गम्भीरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जारी गरेको तथ्यांकमा उल्लेछ ।

यसैगरी कोल्जड केस १ लाख ८६ हजार ९३ रहेको छ । जसमध्ये ८२ प्रतिशत अर्थात १ लाख ५२ हजार ७६ जना निको भएका छन् भने १८ प्रतिशत अर्थात ३४ हजार १७ जनाको मृत्यु भइरहेको छ ।

कोरोनाभाइसका कारण स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ भने प्रधानमन्त्रीदेखी मन्त्रीहरू पनि संक्रमित भएका छन् ।

यी हुन् हाई प्रोफाइल कोरोना संक्रमित व्यक्तिः
मारिया टेरेसा- ८६ वर्षीया स्पेनकी राजकुमारी मारिया टेरेसाको शुक्रबार कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

बोरिस जोनसन- बोरिस जोनसन ब्रिटिश प्रधानमन्त्री हुन् । उनीमा कोरोना भाइरसको पुष्टि भएपछि घर मै बसेर काम गरिरहेको उनले ट्वीटर मार्फत जानकारी गराएका थिए ।

म्याट हानकक– बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकक कोरोना भाइरसबाट संक्रमित छन् । उनले शुक्रबार ट्विटरमार्फत कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका थिए ।

कारमेन काल्भा- उनी स्पेनकी उपप्रधानमन्त्री हुन् । मर्च २५ मा काल्भोको कोरोना टेस्टमा पोजेटिभ देखिएको थियो ।

राजकुमार चार्ल्स- बेलायती राजकुमार चार्ल्स प्रिन्स अफ वेल्स कोरोना भाइरसबाट संक्रमित छन् । मार्च २५मा स्वास्थ्य परीक्षण गर्दा भाइरसको संक्रमण देखिएपछि उनी स्टकल्यान्डमा सेल्फ आइसोलेसनमा बसेका छन् । उनी ७१ वर्षका हुन् ।

अब्बा कियारी- नाइजेरियाका राष्ट्रपतिका प्रभावशाली प्रमुख कोरोनोभाइरसको सकारात्मक परीक्षण गरिउको छ । कियारी राष्ट्रपति मुहम्मद बुहारीको सरकारमा एक महत्वपूर्ण व्यक्तित्व हुन्। उनी कोरोनाबाट संक्रमित भएको मार्च २४ मा पुष्टि गरिएको थियो ।

रान्ड पल- केन्टकीका रिपब्लिकन पहिलो संयुक्त राज्य अमेरिकाका सीनेटर हुन् जसले कोरोनोभाइरसबाट संक्रमित छन् ।

प्रिन्स अल्बर्ट- मोनाकोका प्रिन्स अल्बर्टलाई पनि कोरोना सङ्क्रमण देखिएको हो । उनको स्वास्थ्यको सामान्य रहेको बताइएको छ ।

मिशेल बार्नियर- युरोपेली संघका प्रमुख ब्रेक्सिट वार्ताकारले एउटा ट्वीट मार्फत आफूमा कोरोना भाइरस पुष्टि भएको जानकारी गराएका थिए ।

बेन्टो अल्बुकर्क– ब्राजिलका राष्ट्रपति जैयर बोल्सोनारोले बुधवार खनिज तथा ऊर्जा मन्त्री बेन्टो अल्बुकर्कले कोरोना भाइरस परीक्षण गरिएको बताएका थिए । कोरोना पुष्टि भएको उनी दोस्रो संसदका सदस्य हुन् ।

अगस्टो हेलेनो- ब्राजिलका राष्ट्रिय सुरक्षा सल्लाहकारले मार्च १८ मा आफ्नो ट्वीटर अकाउन्ट मार्फत कोरोनाबाट संक्रमित भएको पुष्टि गरेका थिए । उनी अहिले दोस्रो परीक्षाको पुष्टिको लागि पर्खदै आफ्नो घरमा क्वारेन्टाइनमा छन्।

एन्टोनियो भिइरा मोन्टेयरो- स्पेनको सबैभन्दा ठूलो बैंकका अध्यक्ष मोन्टेयराको गत बुधबार कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

जेरेमी इस्साकारोफ- जर्मनीका लागि इजरायलका राजदूत इस्साकारोफ कोरोना भाइरस भएको पुष्टि इजरायलका परराष्टमन्त्रीले विज्ञप्ती मार्फत जानकरी गराएका थिए ।

फ्रेडरिक मर्ज- ६४ वर्षीय राजनीतिज्ञ, जसले यस वर्षको लागि जर्मनीको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) को नेतृत्व लिन अभियान गरिरहेका थिए, उनले मार्च १७मा ट्वीटरमो कोरोनोभाइरसका लागि सकारात्मक परीक्षण गरिएको र सेल्फ क्वारेन्टाइनमा बसेको बताएका थिए ।

कोजो तशिमा- जापानको फुटबल संघका प्रमुख मार्च १७ मा भाइरसको लागि सकारात्मक परीक्षण गरे। तशिमा जापानको ओलम्पिक समितिका उप प्रमुख पनि हुन्।

नाडाइन डोरिस- युनाइटेड किंगडम स्वास्थ्य विभागमा मन्त्री पहिलो ब्रिटिश राजनीतिज्ञ हन् जो मार्च १० मा कारोना बाट संक्रमित भएको पुष्टि गरिएको थियो ।

पिटर डटन- अस्ट्रेलियाका गृह मामिला मन्त्री भाइरसको संक्रमण पछि अस्पतालको क्वारेन्टाइनमा छन्।

मसुमेह इबातेकर- इरानी उपराष्ट्रपति भाइरसबाट संक्रमित हुने देशका शीर्ष सरकारी अधिकारी हुन् । यस देशका धेरै वरिष्ठ अधिकारीहरूलाई पनि प्रभाव पारेका छन्। इरान मध्य पूर्वमा कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु रहदै आएको छ ।

क्विम तोरा- स्पेनको क्याटालोनिया क्षेत्रका स्थानीय नेताले १६ मार्चमो कोरोनाभाइरसको सकारात्मक परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्