कोरोना रोकथाम कोषलाई अभिनेत्री वर्षा शिवाकोटीको एक लाख सहयोग



काठमाडौं : देश लकडाउनमा भएको आज छैटौ दिन भइसकेको छ । सरकारले चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । केही दिनदेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । यो निर्णयलाई नेपाली सेलिब्रेटीहरुले पनि समर्थन जनाएका छन् ।

आपतकालीन सहयोगका लागी सरकारले कारोना रोकथाम कोष समेत खडा गरेको छ । विभिन्न व्यक्ति तथा संघसस्थाहरुले यस कोषका लागि सहयोग गरिरहेका छन् । यहि बीचमा अभिनेत्री वर्षा शिवाकोटीले पनि उक्त कोषका लागि १ लाख सहयोग गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्