क्वारेन्टाइनमा नबस्नेलाई कारबाही गर्ने सरकारको निर्णय



काठमाडौं : विदेशबाट फर्नेका नागरिक अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

यही चैत १ गतेबाट नेपाल प्रवेश गरेकालाई होम क्वारेन्टाइनम बस्न अनिर्वाय गरिएको थियो । तर, यसको निर्णय कसैलो पालाना गरेका छैनन् ।

मुलुकमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिन थालेपछि आज आइतबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक यस्तो निर्णय गरेको हो । यद्यपी विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा आएका छैनन् ।

बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्