लकडाउनको छैठौं दिन उपत्यकाको यो दृश्य (फोटोफिचर)



काठमाडौं : हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये एक जना उपचारपछि निको भएका छन् भने अन्य चारको उपचार भइरहेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमबाट जोगिन सरकारले चैत ११ गतेदेखि देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ ।

उपप्रधानमन्त्रीको नेतृत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयअनुसार आज (मंगलबार) देखि एक साता (१८ गते) सम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्किन पाइनेछैन ।

लकडाउन सुरु भएपछि अब औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाट निस्किन पाइनेछैन । त्यस्तै, अनुमतिप्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय पनि सरकारले गरेको छ ।

तर, आज (आइतबार) फेरी बसेको समितिको बैठकले लकडाउन १४ दिन थप्ने निर्णय गरेको छ ।

आज (आइतबार) लकडाउनको छैठौं दिन देखिएको काठमाडौं उपत्यकाको दृश्य ।

तस्वीर : बिनोद थापा

प्रतिक्रिया दिनुहोस्