चक्रघट्टाका अध्यक्ष यादवले वितरण गरे २ हजार माक्स



काठमाडौं– चक्रघट्टा गाउँपालीका अध्यक्ष विक्रम यादवले स्थानीय स्थरमै माक्स उत्पादन गरी वितरण गरेका छन् ।

दुई हजार मास्क उत्पादन गरी उनले गाउँपालीकावासी सबैलाई वितरण गरेका हुन् । उनी आफै सबैको घर दैलोमा पुगेका थिए ।

साथै उनले सबै गाउँवासीहरूलाई उदास नहुन पनि आग्रह गरेका छन् । उनले सबैलाई सरकारको लकडाउनको पालन गर्दे घरमा बस्न सुझाए ।

गरिब, मजदुर तथा असाहयका लागि तत्काल राहत कोषको स्थापना गरि सहयोग प्रतिबद्धता पनि व्यक्त गरेका छन् । त्यसैगरी उनले क्वारेन्टाइनको पनि स्थापना गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्