तस्वीरमा हेर्नुहोस् लकडाउनको छैठौं दिनको वीरगन्ज



वीरगन्ज – कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण सरकारले लागु गरेको ‘लकडाउन’को आज छैठों वीरगन्ज शहर सुनसान छ । ‘लकडाउन’ को निर्देशनलाई पालना गराउँन थप स्थानिय प्रशासन आक्रामक बनेको छ ।

चोक चोकमा नेपाल प्रहरी सहित सशस्त्र प्रहरीलाई व्यापक रुपमा परिचालन गरिएको छ । नगरक्षेत्र भित्र रहेको वडाहरु समेत ‘लकडाउन’ पालना गराउँन प्रहरी मोटरसाईकलमा गस्ती गरीरहेको छ ।

स्थानिय प्रशासनले अति आवश्यक काम बाहेक अन्यलाई घरबाहिन नसिकन आह्वान गर्दै सूचना समेत प्रभाव गर्दै छन । आईतबार बिहान ६ बजेदेखि ९ बजे ३ घण्टा तरकारीका पसलहरु खोल्न दिएका थिए भने, ११ बजेदेखि २ बजेसम्म खाद्यन्नको पसलहरु मात्र खोल्न दिएको छ ।

अटेरी गर्नेलाई लाठी चार्ज गर्ने देखि नियन्त्रणमा समेत प्रहरीले लिएको छ । औषधी खरीद गर्न वा हस्पताल जान आग्रह गर्दा समेत डियुटीमा खटेका प्रहरीले जनताको समस्या नबुझदै लठिले हिर्काएर आधादर्जन भन्दा बढीलाई घाईते समेत बनाएको स्थानियको गुनासो रहेको छ ।

आईतबारको ‘लकडाउन’ उलंघन गरेको भन्दै दर्जनौ मोटरसाईकल तथा साईकललाई समेत नियन्त्रणमा लिएर कारवाही गरेको छ । काठमाडौं र स्याङजाको वालिङबाट यात्रु लिएर आएका चारवटा बस पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

काठमाण्डौ र वालिङबाट आएका बा २ ख ४५९४, ना ५ ख ११०६ , लु १ ख ६८६० र प्रदेश ३–०१–००६ ख ००६६ नम्बरका बस प्रहरीले नियन्त्रणमा लिएको थियो । बसमा भारतीय र नेपाली गरी १४० जना यात्रु रहेको रहेका थिए । प्रहरीका अनुसार चारवटा बसमा १२८ भारतीय र १२ जना नेपाली सवार थिए । उनीहरुको समान्य चेकजाँच पश्चात घर पठाईएको थियो ।

वीरगन्जबाट अर्बो राजश्व संकलन भंसार क्षेत्र ‘लकडाउन’ ले गर्दा सुनसान देखिएको छ । क्षेत्रको सम्पूर्ण पसल समेत बन्द रहेको छ । सिमाक्षेत्र पुरै सुनसान बनेको छ । सिमावर्ती शहर भारतको रक्सौलबाट भित्रियाईएको तरकारी तथा खाद्यन्न बोकेको मालवाहक ट्रक बाहेक अन्य कुनैपनि मालबाहक ट्रकहरु भित्रिन सकेको छैन ।

नेपाल सरकारले देशभरी नै ‘लकडाउन’ को घोषना गरेर कोभिन(१९) लाई रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरीरहेको छ । ‘लकडाउन’ अवधीभर अति आवश्यक स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत मात्र खुल्ला गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्