क्वारेन्टाइन र आइसोलेशन तयार, छैन् औषधीको व्यवस्थापन



वीरगन्ज– पर्साको पोखरीया नगरपालिकाले ९ बेडको क्वारेनटाईन र ३ वेडको आइसोलेशन वार्ड तयार गरेको छ ।

श्री जिल्ला उच्चांगल रामदेव कलवार उच्च माध्यमिक पोखरीयामा ९ बेडको क्वारेन्टाईन निर्माण भईसकेको पोखरिया नगरकी उपप्रमुख सलमा खातुनले बताइन् ।

३ बेडको आईसुलेन्स पोखरीया अस्पतालमा नै निर्माण भईसकेको पोखरीया अस्पतालले जनाएको छ । बिश्वब्यापी रुपमा महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रकोप बढदै गईरहेकोले पोखरीया नगपालिकाले पूर्व तयारीको रुपमा ९ बेडको क्वारेनटाईन र ३ बेडको आईसुलेन्स वार्ड निमार्ण गरेको नगरपालिकाकी उपप्रमुख खातुनले जाकारी दिइन् ।

‘अस्पतालकै श्रोत साधनको प्रयोग गरेर क्वारेन्टाईन र आईशोलेसन वार्डको तयारी गरेको छौं,’ उनले भनिन्, ‘अहिले सम्म औषधीको व्यवस्थापन हुन सकेको छैन, नगरपालिकाले व्यवस्थापना गरेको १५ वटा पिपिई किट मनाएरका छौं त्यसले नै तत्काल काम चलाउँछौ ।’

प्रोफेशनल तरिकाको वेड छैन, समान्य वेडले नै क्वारेन्टाईनको व्यवस्थापन गरिएको छ । क्वारेन्टाईनका आउँनेलाई खानाको सम्पूर्ण व्यवस्था समेत गरीएको उनले बताईन । ‘मेडिकलको पूर्ण व्यवस्था समेत भएको छैन, नगरपालिका संग भएको श्रोत साधनले काम मात्र चलाई रहेको छौं’- उनले भनिन् ।

भारत तथा विदेशबाट आउँनेबाट आउँनेहरु गाउँमा लुकेर बस्ने गरेका छन, आफै क्वारेन्टाईनमा आउँन समेत चाहेका छैनन् त्यसैले स्थानिय र प्रहरीको सक्रियतामा २ जनाको खोजी गरेर उनीहरुको स्वास्थ्य परिक्षण समेत गरेका जानकारी गराइन् ।

‘लकडाउन’ का कारण श्रम गरेर खानेहरुका अप्ठयारो प्रतिपनि ध्यानआकर्षण भएकोले प्रत्येक वडामा सिमांकृतहरुको समुदायको डाटा संकल्न भईरहेको र केही दिनमै राहत सामग्रीहरु बितरण गर्ने बताइन् ।

पोखरीया बजारमा कुनै किसिम्मको सरसमानको आपुर्तीमा कमी हुननदिने नगरपालिका प्रतिबद्ध रहेको समेत उनले जनाइन् ।

पोखरीया नगरपालिकाले आपुर्तीका सरसमानका लागी नगरपालिकाबाट गाडीमा निशुल्क तेल हाल्ने, गाडीको पासका लागी पनि पहलकदमी गरेको र ब्यापारीहरुको लागी सुपथ मुल्यको पसल संग पनि समन्वय गराएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्