पाटन दरबारमा दुर्इथरी जमारा



ललितपुर : पाटन दरबारमा बुधबार घटस्थापना गरिएको छ ।

 

दरबार स्क्वायरभित्र मूलचोक परिसरको दसैंघरमा शाह र मल्ल राजाका नाममा दई ठाउँमा जमरा पनि राखिएको छ । भूकम्पमा भत्किएको तलेजु दसैंघरको बायाँतिर मल्ल राज र दयाँतिर शाह राजाका तर्फबाट जमरा राखिएको छ ।

 

तलेजु भवानीको मुख्य मन्दिरमा पूजाआजा नगरिए पनि दसैंघरमा जमरा राखिएको हो । मल्ल राजाका तर्फबाट ओम राजोपाध्याय र उनका छोरा मिलन मध्याह्नसम्म पूजाका सरसामान जुटाउन व्यस्त थिए । रोजोपाध्यायभित्र पनि ‘बकनिव’ कुलले मात्र जमारा राख्न र पूजा गर्न पाउने परम्परा रहेको मिलनले जानकारी द्रिए ।

 

 शाह राजाका तर्फबाट भने त्रिलोजन पौडेल र प्रितम केसी घटस्थापना गरी जमरा राखेर मध्याह्नमै घर जाने तयारीमा थिए । १६ औं शताब्दीका राजा सिद्धिनरसिंहको पालामा यहाँ दसैं मनाउन थालेको मानिन्छ ।  याे खबर अाजकाे अन्नपूर्ण राष्ट्रिय दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्