नुवाकोटमा १६८ जना क्वारेनटाइनमा


नुवाकोट : कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि विदेशबाट फर्किएका १६८ जनालाई जिल्लाका क्वारेन्टाइनमा राखिएको छ ।

१६४ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने विदुर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा चार र तादी गाउँपालिकाले बनाएको क्वारेनटाइनमा एक जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।

विशेष गरी जिल्लामा भारत, कतार, मलेसिया र संयुक्त अरब इमिरेट्सबाट आएकाहरु धेरै क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा २२६ शैया क्वारेन्टाइनका लागि र १४ शैया आइसोलेशनका लागि तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

जिल्लामा कुनै शंकास्पद बिरामी भेटिएका सुरक्षित रुपमा अस्पतालमा ल्याउन तीन एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

भारतलगायत तेस्रो मुलुकबाट जिल्लाका सयौँ नागरिक भित्रिएकाले उनीहरुको वडा कार्यालयमार्फत लगत संकलन गरी संक्रमणको जोखिमका बारेमा जानकारी दिने कार्य थालिएको स्थानीय तहले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ । स्थानेश्वर मार्गमा बस्ने ३५

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार