घरधनीहरुलाई एक महिनाको घर भाडा छुट गर्न सरकारको आग्रह



काठमाडौं : घरधनीहरुलाई एक महिनाको घरभाडा छुट दिन सरकारले आग्रह गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले घरधनीहरुलाई एक महिनाको घरभाडा नलिन आग्रह गरेको हो ।

कोरोना भाइरसको संकटलाई मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो।

यसैगरी, आज बसेको मन्त्रिपरिषद्को बैठकले खाद्य संस्थानमार्फत खाद्य सामाग्रीमा १० प्रतिश छुट सहित उपलव्ध गराइने, इन्टरनेट शुल्कमा २५ प्रतिशत छुट दिने लगायतका निर्णयहरु गरेको छ ।

यसैगरी, औद्योगित क्षेत्रलाई विद्युत महशुलमा निश्चित छुट दिइने भएको छ। विद्युत र टेलिफोन महसुल बैशाख मसान्तसम्म बुझाउन सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्