अर्थतन्त्रमा भारी गिरावट आउने डरले जर्मनीका एक अर्थमन्त्रीले गरे आत्महत्या!


एजेन्सी : कोरोना भाइरससँग लडिरहेको युरोपेली देश जर्मनीका एक अर्थमन्त्रीले आत्महत्या गरेका छन् । कोरोनाको कारण अर्थतन्त्रमा भारी गिरावट आउने डरले हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केल र राज्य प्रमुख वाकर वाइफरले आइतबार मन्त्री थोमसले आत्महत्या गरेको जानकारी दिएका छन् । ५४ वर्षीय मन्त्री थोमसको शव शनिबार रेलवे ट्रयाकमा भेटिएको थियो ।

जर्मनीको आर्थिक राजधानीको रुपमा चिनिने फ्रान्कफ्रट पनि हेसी प्रान्तमै पर्दछ । राज्य प्रमुख वाइफियरका अनुसार शेफर १० वर्षका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी कोरोना महामारीले पारेको आर्थिक प्रभावको सामना गर्न कम्पनी र कादारहरुसँग मिलेर दिनरात काम गरिरहेका थिए ।

महामारीका कारण अर्थव्यवस्थामा गिरावट आएपछि उनी निकै तनावमा थिए । लोकप्रिय र उच्च सम्मानित नेताका रुपमा उदाएका शेफरलाई त्यहाँका जनताले राज्य प्रमुख वाउफियरको उत्तराधिकारीका रुपमा लिने गर्दथे । उनी मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी (सिडियु) पार्टीसँग आबद्ध थिए ।

जर्मनीमा कोरोना महामारीका कारण अहिले सन् १९९० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ,

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५७ जिल्लामा

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८१ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : योगेन्द्र सिलवाल झापाको एम्बुलेन्स चालक हुन् । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबैलाई आफ्ना नाम थर परिवर्तन गर्न

जनकपुरधाम– प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ सय ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको टोली ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको

बझाङ : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिका २ वर्षीय बालिकाको मृत्यु भएको

पोखरा : गण्डकी प्रदेशमा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका स्याङ्जा

काठमाडौं– सांसद सूर्य प्रसाद पाठकले सदनमा मृत्यु दण्डको माग उठाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही,