कोरोना कहर : क्वारेन्टाइनमै किरियापुत्री



सुर्खेत : वीरेन्द्रनगरको होटल क्वारेन्टाइनमै किरियापुत्री बसेका छन् ।

दैलेख आठबिस नगरपालिका–१ सातलाका देउमले लोहार भाइ पदमको किरिया बसेका हुन् ।

रोजगारीका लागि भारतको हल्द्वानीमा रहनुभएका देउमलेले चैत ११ गते भाइको निधनको खबर पाए। पाँच दिन लगाएर सुर्खेत आएका उनी नेपालमा लकडाउनका कारण गड्डाचौकी नाकामा अलपत्र परे।

कञ्चनपुरमा दुई दिन क्वारेन्टाइन बसेपछि कर्णाली सरकारले देउमलेसहित ६० जनालाई शनिबार उद्धार गरी सुर्खेतको होटल अशोकामा राखेको हो ।

क्वारेन्टाइनमा देउमलेसहितका तीन जना आफन्तले जुठो बारेका छन् । उहाँले गाउँमै गएर क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्