प्रदेश सरकारकाे खर्चबारे लेखासमितिकाे छानबिन



सुर्खेत : प्रदेश सरकारको पारदर्शितामाथि प्रश्न उठाउँदै संसदीय समितिले सरकारको खर्चमाथि छानबिन गर्न थालेको छ।

 

बजेट कार्यान्वयन र खर्चमाथि आशंका गर्दै संसद्को सार्वजनिक लेखा समितिले खर्च विवरण पेस गर्न प्रदेश सरकारलाई अल्टिमेटम दिएको छ भने अर्थ समितिले छानबिन जारी राखेको छ।

 

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि भन्दै एक अर्ब बजेट ल्याएको थियो। चालु आर्थिक वर्षका लागि २८ अर्बको बजेट संसद्बाट पारित भएको छ। यही बजेट कार्यान्वयन र खर्च प्रक्रियामा पारदर्शिता नभएको भन्दै संसदीय समितिले सरकारलाई कस्न सुरु गरेका छन्।

 

प्रदेश सरकारका मन्त्री सामान्य काममा पनि हेलिकोप्टर चार्टर गरेर जिल्ला भ्रमणमा जान थालेको, उद्घाटन र भ्रमणमा व्यस्त हुन थालेको, खर्चको हिसाब सार्वजनिक नगरेको र बजेट कार्यान्वयनमा पनि गम्भीर नदेखिएपछि संसदीय समितिले सरकारको खर्च र बजेट कार्यान्वयनमा आशंका गर्दै छानबिन थालेका हुन्।

 

खबर अाजकाे अन्नपूर्ण राष्ट्रिय दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्