आज नायक अनमोल केसीको जन्मदिन, कति वर्ष पुगे ?



काठमाडौं– युवा पुस्तामाझ निकै लोकप्रिय नायक अनमोल केसीको आज सोमबार आफ्नो २६ औं जन्मदिन मनाउँदै छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अनमोको फोटो पोष्ट गदै अभिनेता तथा अनमोलका पिता भुवन केसीले जन्मदिनको शुभकामना दिएका छन् ।

चलचित्र ‘होस्टेल’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अनमोल अहिले एक स्टारको रुपमा स्थापित भइसकेका छन् । विक्रम सम्वत २०५१ साल चैत्र १६ गते बुवा अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनको सुपुत्रको रुपमा जन्मिएका हुन । अनमोल आजबाट २५वर्ष पुरा गरि २६औ वर्षमा प्रवेश गरेका हुन् ।

अनमोलले ड्रिम्स, जेरी, गाजलु, कृ , क्याप्टेन र ‘ए मेरो हजुर ३’ लगायतका हिट फिल्म दिएका छन् । उनको अहिले चलचित्र ‘ए मेरो हजुर ४’ छायाँकनको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्