सांगीतिक प्रेमकथामा आधारित चलचित्र ’अनुराग’ युट्युबमा



काठमाडौं– सञ्चारकर्मी ऋषि धमलाको निर्माणमा बनेको चलचित्र ‘अनुराग’ युट्युबमा सार्वजनिक भएको छ ।

सत्यराज चौलागाईंले निर्देशन गरेको यस चलचित्र ’अनुराग’ आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

साङ्गीतिक प्रेमकथामा आधारित यस चलचित्रमा सञ्चार कर्मी ऋषि धमला पत्नी एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको मुख्य भूमिकामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्