सरकारको काम के? भन्दै आक्रोशमा आईन् अभिनेत्री करिश्मा मानन्धर



काठमाडौं : कोरोना संक्रमण फैलन नदिँन सरकारले दोश्रो चरणको लकडाउन फेरि ८ दिन लम्ब्याएको छ । यस्तो अवस्थामा सर्वसाधरणदेखि सेलिव्रेटीहरु पनि घरमै बसिरहेका छन् ।

केही कलाकर्मीले लकडाउनमा रहेका श्रमिकको सहयोगमा प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत रुपमा आर्थिक सहयोग पनि गरेका छन् । तर, नेपाली चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले भने आइतबार साँझ आफ्नो फेसबुक वालमा आक्रोशपूर्ण स्टाटस लेखिन् ।

के सेलिब्रेटीले सबै समस्या समाधान गर्नुपर्ने ? अनि के काम सरकारको ? भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेकी छन् । उनको यस स्टाटसमा केही कलाकर्मी , पत्रकार तथा शुभचिन्तकहरुले पनि समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्