भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो



काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । कोरोना संक्रमितको संख्या भने ११७३ पुगेको बीबीसीले जनाएको छ । १०२ जना भने निको भएर घर फर्किका छन।

बीबीसीका अनुसार कोरोनाका कारण अहिलेसम्म इटलीमा सबैभन्दा बढी १० हजार सात सय ७९ जनाको मृत्यु भइसकेको छ । यस्तै स्पेनमा ६ हजार आठ सय तीन, चीनमा तीन हजार तीन सय आठ, इरानमा दुई हजार ६ सय ४० र फ्रान्समा दुई हजार ६ सय ११ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा दुई हजार चार सय ९३, बेलायतमा एक हजार दुई सय ३१, नेदरल्यान्डमा सात सय ७२, जर्मनीमा पाँच सय ४१ र बेल्जियममा चार सय ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्