कोरोनाविरुद्ध लड्न भारतीय क्रिकेटर कोहलीको आर्थिक सहयोग



एजेन्सी : पछिल्लो समय भारतमा कोरोना भाईरसको संक्रमण बढदै गएको छ। यो महामारीविरुद्ध लड्न भारत सरकारले राहात कोषको स्थापना गरेको छ र कलाकार, खेलाडीहरुले आर्थिक सहयोग गरिरहेका छन।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पनि आर्थिक सहयोग गरेका छन् । भारतीय कप्तान कोहलीले सोमबार सामाजिक संजाल ट्वीटरबाट महाराष्ट्र मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

तर, कोहलीले कति रकम सहयोग गरेको त्यो भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्