कोरोना आशंकामा पाटन अस्पताल भर्ना भएका एक युवकको मृत्यु



ललितपुर : कोरोनाभाइरस (कोभिड–१९) आशंकामा ललितपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्त एसपी दुगौ सिंहले धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको पुष्टि गरेका छन् ।

चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका उनको आज (सोमबार) मृत्यु भएको हो ।

तर, उनको कोरोनाकै कारण मृत्यु भएको भने पुष्टि भइनसकेको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।

उनका नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइसकेको उनको भनाइ छ ।

उनलाई अत्यधिक ज्वरो आएपछि कोरोनाको आशंकामा परीक्षणका लागि नमुना पठाइएको निर्देशक शर्माले बताए ।

पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्