भारतीय नागरिकलाई भारतमा छिर्न दिइएन, सिमा नाकामा भोकभोकै बस्न बाध्य



वीरगन्ज : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन सरकारले लागु गरेको ‘लकडाउन’ मा नेपालका विभिन्न शहरबाट घर फर्किन लागेका एक हजार भन्दा बढी भारतीय नागरिक वीरगन्जको रक्सौल नाकामा अलपत्र परेका छन् ।

काठमाडौं, पोखरा, नारायणगढलगायतका ठाउँबाट वीरगन्ज नाकाहुँदै घर फर्किन लागेका भारतीय नागरिकलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न दिएको छैन । सोमबार विहान वीरगन्ज पुगेका भारतीय नागरिकहरुलाई नेपाली सुरक्षाकर्मीले सहज रुपमा भारत तर्फ जान दिएको थियो ।

तर भारतीय सुरक्षाकर्मीले आफ्नै नागरिकलाई भित्र प्रवेश गर्न नदिएपछि विहान देखि मितेरी पुलमा उनीहरु अलपत्र रहेका छन् । उनीहरु भोकभोकै बस्न बाध्य छन् । भारत छिर्न नपाएपछि मितेरी पुलमा करिब १ हजार ५ सय भन्दा बढी भारतीयहरु अलपत्र परेका हुन् ।

‘उत्तरमा भारतीय बिएसएफका जवान प्रवेश गर्न दिएको छैन, दक्षिण रहेको नेपाल प्रहरीले पनि फिर्ता आउँ दिएको छैन, बिचमा हामी छौं, न पसल छ, न कुनै खाना कै व्यवस्था छ’ रमेश राउतले भने, ‘स सना बच्चाहरु छन्, उनीहरु राती देखि नै भोकभोकै छन् विचमै अलपत्र परीसकेको छौ’
नेपाल र भारत दुवै देशले ‘लकडाउन’ गरेका कारण छिटफुट रहेको पसल पनि बन्द रहेकोले भोकभोकै उनीहरु बस्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्