गण्डकी प्रदेशले १० हजार चिनीयाँ गार्इ ल्याउने



पाेखरा : गण्डकी प्रदेशलाई वैदेशिक सहायता लिएर विदेशबाट गाई खरिद गर्न संघीय सरकारको अर्थ मन्त्रालयले अनुमति दिएको छ । प्रदेशले वैदेशिक सहायता लिन संघको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्थसँग अनुमति मागेको थियो।

 

संघको अनुमतिपछि गण्डकी प्रदेशले १० हजार चिनियाँ गाई भित्र्याउने प्रक्रिया अगाडि बढाउन पाउने भएको छ । संघले केही दिनअघि मात्रै अनुमति दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिए । अबको प्रक्रिया भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफैंले अगाडि बढाउनेछ।

 

आगामी तीन वर्षभित्र प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने नीति अनुसार गण्डकी प्रदेश सरकारले १० हजार गाई खरिद गर्न लागेको हो । सरकारले चालु आर्थिक वर्षमा ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पनि उन्नत जातका पशुपालन गरी दुधको परनिर्भरता हटाउने लक्ष्य लिएको छ ।

 

सोही लक्ष्यानुरुप प्रदेश सरकारले वैदेशिक सहायता भित्र्याउने भएको हो।

प्रतिक्रिया दिनुहोस्