भट्टेडाँडामा २ जना साइकलयात्रीको मृत्यु



काठमाडौं : बाग्मती गाउँपालिका वडा नं.३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय २ जना साइकलयात्रीको मृत्यु भएको छ ।

आज बिहान १०ः३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर तिनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षिय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षिय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीले जानकारी दिएको छ ।

प्रहरीले भन्यो, “ सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेका थिए । ” कोभिड -१९ सङ्क्रमणका क्रममा मुलुकमा लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा मृत्यु भएको खुल्न आएको छ ।

मुकेशका पिता सुरेशकुमार र अर्का छिमेकी दीनानाथ प्रसाद २ जनाका पछिपछि अर्काे साइकलमा गइरहेको हुँदा उक्त कुराको जानकारी बाहिर आएको हो । उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्