कोरोना भाइरस :स्पेनमा माहामारीको रुप



काठमाडौं :चीनको वुहानबाट फैलिएकोे कोरोना भाइरस अहिले स्पेनमा माहामारीको रुप लिएको छ ।

विश्वलाई आतंकित पारेको कोरोना भाइरसले स्पेनमा ७ हजार ३ सय ४० जनाको ज्यान गैसकेको छ ।

८५ हजार १ सय ९५ जना कोरोनाको चपेटामा परेका छन् । जसमध्ये ७ हजार ३ सय ४० जनाले ज्यान गुमाई सकेका छन् । स्पेनमा कोरोना भाइरस तिव्रगतिमा फैलिरहेको छ ।

साथै ज्यान गुमाउनेको संख्या स्पेनमा उच्च रहेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै युएसएमा रहेको छ, त्यहाँ संक्रमितको संख्या १ लाख ४२ हजार ७ सय ४६ रहेको छ । जसमध्ये २ हजार ४ सय ८९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, इटाली कोरोना संक्रमित संख्याको क्रम लिस्टको दोस्रो नम्बरमा रहेको छ । त्यहाँ कोरोना संक्रमित व्यक्तिको संख्या ९७ हजार ६ सय ८९ जना रहेको छ । स्पेन कोरोना संक्रमित संख्याको क्रम लिस्टको तेस्रो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्