बिपाशा र जोन अब्राहमको १० वर्षसम्म चलेको थियो अफेयर, तर भएन बिहे



एजेन्सी : बिपाशा बसु चर्चित बलिउड अभिनेत्री हुन् । ७ जनवरी १९७९मा जन्मिएकी बिपाशाले २०१६ मा करणसिंह ग्रोवरसँग विहे गरेकी थिइन् । करणसँग बैबाहिक बन्धनमा बाँधिएपछि उनी खुसी छन् ।

बिपाशाले बिहे गर्नु अगाडि अभिनेता जोन अब्राहमसँग गरिब १० वर्ष रिलेशनमा बसिन्, तर यो जोडीको विविध कारण ब्रेकअप हुन पुग्यो । फिल्म ‘साया’को सुटिङका मौकामा यो जोडीको प्रेम सम्बन्ध सुरु भएको थियो । तर यो जोडी आफ्नो ब्रेकअपपछि कहिल्यै पनि सँगै देखिएका छैनन् ।

जोनको अलवा डिनो मोरिया, मिलिन्द सोमन, सैफ अलि खान, हर्मन बवेजा लगाएत पनि बिपाशाको अफेयर चलेको समाचार आएको थियो । २००२ मा फिल्म ‘जिस्म’ को सुटिङको मौकामा जोन अब्राहम र बिपाशा बसुको गज्जबको केमेष्ट्रि देख्न पाइएको थियो । त्यसपछि यो जोडीले आफ्नो अफेयरको घोषणा पनि गरेका थिए ।

जोन र बिशापा बलिउडका सुपर कपलको रुपमा चिनिन्थे । तर १० वर्षसँगै बसेका यो जोडीले २०११ मा ब्रेकअप गरेका थिए ।

त्यस्तै फिल्म ‘राज’को दौरानमा बिपाशा र डीनो मोरिया एक अर्कासँग नजिक भएका थिए । उनीहरुको ६ वर्षसम्म अफेयर पनि चल्यो । तर ६ वर्षपछि उनीहरु एक अर्कासँग टाडिएका थिए । २००२ मा रिलिजमा आएको फिल्म ‘गुनाह’मा यो जोडी अन्तिम पटक सँगै देखिएका थिए । उनीहरुको जोडी हिट भएपनि सो फिल्म भने सुपर फ्लप बन्यो ।

प्रतिक्रिया दिनुहोस्