पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा सुरु


काठमाडौं : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ ।

पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट, आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई निःशुल्क शवदाहको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । यसैगरी आर्यघाटमा रु एक हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकतानुसार लाग्ने गर्छ ।

दाउरा किलोको रु नौ मा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए । पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ ।

यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड) को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले जानकारी दिए ।

यसअघि बेखर्ची भनी वडा कार्यालयको सिफारिस लिई आउनेलाई विभिन्न सामाजिक संस्थाले खर्च दिएर विद्युतीय शवदाह गृहमा निःशुल्क शवदाह गर्ने व्यवस्था गरिएको थियो । लकडाउनका समयमा ती संस्थासँग बेखर्चीको सम्पर्क हुन नसक्ने भएकाले कोषले नै निःशुल्क गर्ने व्यवस्था गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा

काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी दिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक

काठमाडौं– सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब ८० करोड

काठमाडौं : सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७

काठमाडौं– नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने भएको छ ।बिहिबार संसदमा आगामी

काठमाडौं– सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरिएको छ

काठमाडौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय