यी हुन् विश्वकै ह्यान्डसम व्यक्ति



एजेन्सी : विश्वको सबैभन्दा ह्यान्डसम व्यक्ति हलिउडका रोर्बट प्याटिन्सन घोषित भएका छन् । ‘द गोल्डेन रेसियो अफ ब्युटि’ले जनाए अनुसार ३३ वर्षीय अभिनेता ‘द ब्रिटिस ब्याटम्यान’ को अनुहार ९२।१५ प्रतिशत राम्रो पुष्टि भएको हो ।

रोर्बटको अनुहार सबै तत्वसँग तुलना गरेर उनलाई विजेता घोषणा गरिएको हो । फेशियल कस्मेटिक सर्जन डा। जुलियन डिसिल्वाले ह्यान्डसम लिस्ट कम्प्युटरको मद्धतबाट तयार गरेका हुन् ।

प्याटिन्सन सबैभन्दा पहिले ‘हेरी पोर्टर’ र ‘द गोब्ट अफ फायर’

मा सेड्रिक डिग्गरीको भूमिकामा देखा परेका थिए । ‘ट्वाइलाइट’मा भ्याम्पायर एडर्वड कुलेनको रुपमा उनलाई थुप्रै दर्शकले मन पराए। ‘ट्वाइलाइट सिक्वेल्स’को साथै ‘रिमेम्बर मी’, ‘वाटर फर एलिफेन्ट’, ‘कोस्मोपोलिस’ र ‘द लस्ट सिटी अफ जेड’ उनले अभिनय गरेका चर्चित चलचित्र हुन् । सन् २०१९ मा उनी द ब्याटम्यान’मा क्याप क्रुसेडरको भूमिकामा देखापरेका थिए ।

प्रतिक्रिया दिनुहोस्