चेम्बर अफ कमर्स धनुषाद्धारा खाद्यान्न सामग्री वितरण



जनकपुरधाम : धनुषा एवं प्रदेश चेम्बर अफ कमर्सले जनकपुरधाम उपमहानगरपालिकाका बिभिन्न स्थानमा रहेका अति विपन्न, गरिव एवं दलित परिवारको व्यक्तिलाई लक्षित गरि खाद्यान्न सामग्री वितरण गरेको छ ।

अति दयनीय र विकट परिस्थितिमा रहेका व्यक्तिहरुलाई लक्षित गरि आईतबार करिव एकसय परिवारलाई प्रतिपरिवार चामल ५ किलो,आलु २ किलो,दाल १ किलो,नून १ प्याकेट,सोयाविन ५ सय ग्राम लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरिएको खाद्यान्न संयोजक एवं धनुषा चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष सरोज मिश्रले जानकारी लिए ।

खाद्यान्न टोलीले मिल्स एरिया,पुलचोक,पलगाबाबा धर्मशाला,बागबानी नजिक रहेका अति विपन्न परिवार लगायतका ठाउँहरुमा खाद्यान्न सामग्री बाँडेको उनले बताए । यसअघि कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनको अवधिमा सडकमा खटिरहेका प्रहरीलाई सहयोगार्थ आइतबार धनुषा चेम्बर अफ कमर्सले धनुषाका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मास्क वितरण गरेको थियो ।

कमर्सका उपाध्यक्ष तथा मस्क व्यवस्थापन समितिका संयोजक सलामत राईनको नेतृत्वमा नेपाल प्रहरीलाई १ हजार र सशस्त्र प्रहरीलाई १ हजार ५ सय गरि २ हजार ५ सय मास्क वितरण गरिएको थियो । त्यस्तै क्षेत्रीय कवारेन्टाइन नगराइन, प्रादेशिक अस्पताल जनकपुरधाम एवं श्री रणभीम गण प्रकौली महोत्तरीमासमेत चेम्बरले मास्क वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्