महानगरले ल्याएको दुई हजारको राहत प्याकेज लिन पाँचथरी फोटोकपी !



पोखरा : हिजो आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकल दैनिक ज्यालादारी तथा विपन्न वर्गलाई राहत उपलब्ध राउने निर्णय गरेको थियो ।

सरकारले कोरोनाभाइरस (कोभिड–१९) मुलुकमा फैलिन नदिने उद्देश्यका साथ लागू गरेको लकडाउनबाट प्रभावित हुने विपन्न परिवारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले दुई करोडको राहत प्याकेज घोषणा गरेको छ । जसअन्तर्गत महानगरपालिकाले पाँच जनाको एक परिवारले दुई हजार बराबरको राहत सामग्री पाउने छन् । तर, राहत लिने प्रक्रिया भने निकै झन्झटिलो रहेको छ ।

राहत सामग्री लिन नागरितकतको फोटोकपी, घरको नक्सापास, खानेपानी तथा विद्यत महसुल तिरेको बिल वा घरबहाल सम्झौतापत्रको फोटोकपी बुझाउनुपर्ने छ ।

कस्तो छ राहत लिने प्रक्रिया
राहत लिन शुरुमा निवेदकले एक पानाको फारम भर्नुपर्छ । फोटा बुझाउनुपर्छ । त्यसमा नागरितकतको फोटोकपी, घरको नक्सापास, खानेपानी तथा विद्यत महसुल तिरेको बिल वा घरबहाल सम्झौतापत्रको फोटोकपी बुझाउनुपर्छ ।

महानगरले आज (सोमबार) दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्दै आएका न्यूनतम पाँच जनाको परिवारलाई राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको हो । तर, महागरले ल्याएको प्याकेज झन्झटिलो हुँदा विपन्न परिवारले राहत पाउन समस्या हुने दिएको छ ।

महानगरको प्योकजमा २५ केजी चामल, दुई केजी दाल, एक केजी नुन, एक लिटर तेल, एक केजी गेडागुडी दिने उल्लेख छ । सोमबार र मंगलबार तथ्यांक संकलन गरी बुधबारबाट राहत वितरण हुने महानगरले जनाएको छ ।

पाँच जनाको परिवारलाई न्यूनतम १० दिनलाई पुग्ने गरी राहत प्याकेज बनाएको महानगर प्रमुख जीसीले बताए ।

महानगरले सोमबार र मंगलबार प्रत्येक टोलमा खाद्यान्न बिक्री केन्द्र तय गर्ने भएको छ । त्यहीँबाट ग्राहकले दैनिक उपभोग्य सामग्री लिन पाउनेछन् ।

त्यसोत चैत १० गते काठमाडौं उपत्याकाका कोरोना संक्रमित व्यक्ति फेलापरेलगत्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशै लकडाउन गरेको निर्णय गरेको थियो ।

देशै लकडाउन हुँदा पनि कोरोना संक्रमित व्यक्ति फेला पर्न थालेपछि हिजो आइतबार बसेको मन्त्रिपरिषदको बैठक पुनः एक हप्ता लकडाउन थप्ने निर्णय गरेको छ । बैठकले चैत २५ गतेसम्म लकडाउने गर्ने निर्णय गरेको हो ।

सरकारले कोरोनाभाइरस (कोभिड–१९) मुलुकमा फैलिन नदिने उद्देश्यका साथ लागू गरेको लकडाउनबाट प्रभावित हुने विपन्न परिवारलाई राहत प्याकेज घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्