ओलम्पिकको नयाँ मिति सार्वजनिक



काठमाडौं : टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति तय भएको छ । कोरोना भाईरसको कारण एक वर्ष स्थगित भएको ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने मिति तय भएको जनाएको छ ।

जापानले तय गरेको नयाँ मितिमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि समेत सहमत भएको बताईएको छ । यस अघि टोकियो ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो ।

प्रतिक्रिया दिनुहोस्