इजरायलका प्रधानमन्त्री नेतन्याहु आइसोलेसनमा



इजरायल : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पनि कोरोनाको संक्रमण भएको छ। प्रधानमन्त्री नेतन्याहुले सोमबार आफूमा पनि कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा इजलायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू आइसोलेसनमा बस्ने भएका छन् ।

प्रधानमन्त्री नेतान्याहूका सल्लाहकार रिभ्का पाउकलाई कोरोना संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसनमा बस्ने भएका हुन् ।

इजलायलको स्थानीय सञ्चारमाध्यमहरुमा उल्लेख भएअनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्नेछन् । नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्ने भएका छन् ।

पाउक गत साता संसदमा नेतान्याहूसँगै उपस्थित भएका थिए । इजरायलमा अहिलेसम्म कोरोनाभाइरसको ४ हजार २ सय ४७ संक्रमित देखिएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्