यूपीको बरेलीमा बस र भित्ताहरूलाई जस्तै मानिसलाई नि गरियो स्यानिटाइज



एजेन्सी– कोरोनाबाट बच्नका लागि व्यक्तिगत स्तर र सार्वजनिक स्तरमा विभिन्न खाल्का सावधानीहरू अपानाइएको छ । तर भारतको उत्तर प्रदेशको बरेली जिल्लामा प्रशासनले अपनाएको विधिहरू देखेर तपाईहरु छक्क पर्नसक्नुहुन्छ ।

यहाँ, जुन तरीकाले बस र अन्य सवारी साधनहरूको स्यानिटाइज गरिरहेको छ त्यसै गरी बाहिरबाट आउने मानिसहरूमा पनि स्यानिटाइजको उही तरिका अपनाइएको छ ।

आइतवार बरेलीको स्याटलाइट बस स्ट्याण्ड क्षेत्रमा नगरपालिका र फायर ब्रिगेडका कर्मचारीहरूले अन्य स्थानबाट आएका बच्चा, महिला र पुरुषहरूलाई एकै ठाउँमा जम्मा गरेका थिए । र उनीहरूलाई दमकलको पाइपले नुहाएर स्यानिटाइज गरियो ।

भनिन्छ कि यस पानीमा सोडियम हाइपोक्लोराइड जस्तो रसायन पनि भेटियो, जुन जमिन वा घरहरू सफा गर्न प्रयोग गरिन्छ ।

आँखा र छालालाई खतरनाक
भिडियो हेरेपछि मात्रै मानिसहरूलाई यस विषयमा जानकारी भएको थियो ।

भिडियोमा केहि कर्मचारीहरूले ती व्यक्तिहरूलाई बस्न र उनीहरूलाई अगाडि फर्कन आग्रह ताकि केमिकल मुख र आँखामा नपरोस्। यसको बाबजुद पनि धेरै मानिसहरूको अनुहारमा पर्ने गरि स्यानिटाइजकाो फोहेरा प्रयोग गरिएको थियो ।

बरेलीका चीफ फायर अफिसर चन्द्रमोहन शर्माले उक्त घटनाको बारेमा बीबीसीलाई भनेका थिए– ‘हामीले भिडियो देख्यौं। यसमा प्रयोग भएको रासायनिक आँखा र छालाका लागि खतरनाक छ। हामीले पनि भिडियोमा हेरेका हौं । जो व्यक्तिहरूको संलग्नता यसमा पाइयो उनीहरूलाई बिरूद्ध कडा कारवाही गरिनेछ।’

सीएफओका अनुसार, आइतवार बरेलीमा एक जना व्यक्तिको कोरोना सकारात्मक फेला परेपछि नगरपालिका स्वास्थ्य विभागको टोली र फायर ब्रिगेड टोलीले मुख्य स्थानमा र सोही क्रममा बरेलीको मुख्य बस स्टेशनमा स्यानिटाइज गर्न शुरु गरेको थियो ।

जिल्ला अधिकारीकोे बयान
हरियाणा, राजस्थान र दिल्ली जस्ता धेरै ठाउँका मानिसहरू पनि त्यहाँ थिए। सीएफओका अनुसार केही कर्मचारीहरूले उनीहरूलाई पनि नुहाए जो सही थिएन।

स्थानीय पत्रकार मनवीरका अनुसार “ठूलो संख्यामा मानिसहरू स्यानिटाइजको विरुद्धमा थिए तर कर्मचारीहरु नियम बताउँदै उनीहरुलाई सडकमा बस्न बाध्य पारे र पाइपले पानी र केमिकल छर्कन थाले । मानिसहरूलाई मात्र नुहाइएन उनीहरूसँग भएको सामान पनि खराव गरियो । जसले स्यानिटाइज गरिरहेक थिए उीहरूले भेला भएको मानिसहरू कसैको पनि कुरा सुनेन् । जबकि उनीहरू चाहि सुरक्ष्ति पोशाकमा थिए ।’

भिडियोको खुलासा भएपछि बरेलीका जिल्ला अधिकारीनितीश कुमारले दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको छ।

यस बारेमा जिल्ला अधिकारीसँग कुरा गर्ने धेरै प्रयासहरू भए तर उनी सम्पर्कमा नआएको बीबीसी हिन्दीले जनाएको छ । जिल्ला अधिकारीले ट्वीट गरेर अनुसन्धान र कारवाहीको लागि आग्रह गरेको छ ।

उनले लेखेका छन्– ‘यस भिडियोलाई अनुसन्धान गरिएको छ, प्रभावित व्यक्तिलाई सीएमओको निर्देशनमा हेरिदै छ । बरेली नगर निगम र फायर ब्रिगेडको टोलीलाई बस सफाइ गर्न निर्देशन दिइयो, तर अति सक्रियताको कारण उनीहरूले त्यसो गरे। सम्बन्धित व्यक्तिहरू विरुद्ध कारबाही गर्न निर्देशनहरू दिइएको छ।’

अस्पताल जाने चिन्ता
जिल्ला अधिकारीले ट्वीट गरेर भनेका छन् कि यस तरिकाले सरसफाइ भएकाहरूलाई उचित उपचार दिइनेछ ।

तर यी मानिसहरु आफ्नो घरहरुमा गएका छन् र अब प्रशासनका मानिसहरु उनीहरुलाई भेट्नेछन् र उनीहरुसंग व्यवहार गर्नेछन् भन्ने आशा गर्न भने सकिँदैन् । महिला र बच्चाहरु पनि उनीहरुलाई ड्रग स्प्रे गरिएको थियो।

केही स्थानीय प्रत्यक्षदर्शीका अनुसार धेरै बच्चाहरूले स्प्रे गरेपछि उनीहरूको आँखामा जलन भएको गुनासो गरे तर चुपचाप उनीहरूको घरमा पठाइयो । त्यसबेला कसैले पनि उनलाई अस्पताल लैजाने कोशिस गरेन् ।

विज्ञहरू भन्छन कि सोडियम हाइपोक्लोराइड पर्खाल, भुइँ, शौचालय इत्यादि सफा गर्न प्रयोग गरिन्छ र शरीरको कुनै पनि भागमा पुग्दा गम्भीर क्षति र्पुयाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्