दीपिका पादुकोणले भनिन्, ‘रणवीरसँग बस्न निकै सजिलो छ, उनी यतिबेला २० घण्टा सुत्छन्’



एजेन्सी : कोरोना भाइरसको कारण भारतमा २१ दिनसम्म लकडाउनको आह्वान गरिएको छ । यस अवधिमा सबैजना घरभित्र नै बसिरहेका छन् । भारतमा यतिबेला धेरै बलिउड सेलिब्रेटीको नै धेरै चर्चा छ सामाजिक सञ्जालमा । यसैबीच ह्याङ्सआउटमा अन्तरवार्ता दिँदै दीपिका पादुकोणले आफ्नो दैनिकीको बारेमा जानकारी गराएकी छन् ।

दीपिकाले अन्तरवार्तामा भनिन्, ‘मलाई लकडाउनको समयमा रणवीरसँग बस्न निकै आनन्द भइरहेको छ । रणवीर २० घण्टा सुत्छन् । त्यसैले मलाई मैले गर्न चाहेको सबै काम गर्ने मौका मिल्छ । जब ऊ चारघण्टा जागा रहन्छ त्यतिबेला हामी व्यायाम गर्छौं । फिल्म हेर्छौं ।’

उनले त्यति चार घण्टामा रणवीरले कुनै डिमान्ड नगर्ने र नसताउने भन्दै दीपिकाले भनिन्, ‘हामीले भर्खरै प्यारासाइट र फोर्ड भर्सेज फरारी’ हेर्यौं । म कुनै न कुनै काममा व्यस्त रहन्छु । त्यसैले मलाई दिक्क लागेको छैन ।’

प्रतिक्रिया दिनुहोस्