राजकुमार ह्यारी र मेगन अमेरिका बसाई सरे, ट्रम्पले सुरक्षा खर्च दिन गरे इन्कार



एजेन्सी : तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका बीच राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केल क्यानडाबाट अमेरिका बसाई सरेका छन् ।

यी दुई अमेरिका आउँदा लाग्ने सुरक्षा खर्च बेहोर्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘म युनाइटेड किङडमकी महारानी एलिजाबेथको प्रशंसक हुँ । रिपार्टमा भनिएको छ कि शाही परिवारबाट अलग भएका ह्यारी र मेगन अमेरिका आएका छन् । तर म उनीहरुको अमेरिकामा बस्दा गर्नुपर्ने कुनै पनि सुरक्षा खर्च व्यहोर्न नसक्ने सहर्स जानकारी गराउँन चाहान्छु ।’

यसअघि क्यानडामा बसाई सरेका ह्यारी र मेगनको सुरक्षा खर्च क्यानडाले बेहोर्र्न इन्कार गरेको थियो ।

यसै वर्ष जनवरीमा ह्यारी र मेगनले शाही परिवारबाट अलग हुने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्