कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?



एजेन्सी : कोरोना भाइरसबाट पुरै विश्व आक्रान्त भएपछि वैज्ञानिकहरुले यसबाट बच्न र यसको प्रकृतिबारे नयाँ नयाँ खोज सुरु गरिसकेका छन् । यसैबीच कोरोना भाइरस कुन ठाउँमा कति समय बाँच्न र कति समय मानिसहरुलाई प्रभावित गर्न सक्छ भन्ने नयाँ तथ्य सार्वजनिक भएको छ ।

चिनियाँ समाचार पत्र ग्लोवल टाइम्सका अनुसार, स्वास्थ्य विज्ञानसँग सम्बन्धित संस्था ‘मिडरसिभ’ ले ११ मार्चमा अध्ययनका आधारमा एउटा प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा उल्लेख भएअनुसार खुला सतहमा कोरोना भाइरस अधिकतम तीन घण्टासम्म रहन सक्छ ।

यसबाहेक यो भाइरस तीन दिनसम्म प्लाष्टिक र स्टेनलेस स्टिलको सहतमा जीवित रहनसक्छ । तामाको सतहमा चार घण्टासम्म जीवित रहन्छ । अध्ययनअनुसार हामीले प्रयोग गर्ने सामानमध्ये यो भाइरसका लागि सबैभन्दा बढी अनुकूल कागज हो । अध्ययनले बताए अनुसार, कागजमा यो भाइरस २४ घण्टासम्म जीवित रहन सक्छ ।

सो पत्रिकाले बताए अनुसार, कोरोनाबाट सवैभन्दा बढी प्रभावित भएको चिनियाँ शहर वुहानका वायलोजिष्ट याङ झानकियूले बताएका छन् कि, कोरोना भाइरस कति समय जीवित रहन्छ भन्ने कुरा त्यहाँको तापक्रम, सतहको स्थिति र वातावरणको स्थितिमा निर्भर रहन्छ ।

उनले यो पनि भनेका छन् कि, यो भाइरस विभिन्न तरल बस्तुका थोपा, एक अर्कासँग सम्पर्क र वायुमण्डलको माध्यमबाट अधिक फैलन्छ । र, अनुकूल स्थिति रह्यो भने केही घण्टामात्र होइन, कैयौँ दिनसम्म पनि जीवित रहनसक्छ ।

प्रतिक्रिया दिनुहोस्