मंगलबार: गणेश भगवानको व्रत कसरी गर्नेे र के नगर्ने ?



काठमाडौं : आज मंगलबार । हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ । त्यसैगरी आज मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन ।

सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ ।

बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ ।

यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।

ब्रतको दिन के गर्ने ?
विहानको समयमा मोमबत्ती या दीप बाल्नुहोस् । विहानको ध्यान गर्नुहोस् । केही धार्मिक ग्रन्थहरु पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् ।

जब बेलुका घर पुग्नुहुन्छ । हात खुट्टा धुनुहोस् । कपडा फेर्नुहोस् अनि चोखो खाना ९प्रसाद० बनाउनुहोस् । जस्तै हलुवा, खिरलगायतका खाना ।

खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् । यो मनन गर्नुहोस् कि, ब्रत या अन्य बेला खाना बनाउँदा पूर्णरुपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खानाखाने मान्छेको आत्मा तृप्त हुन्छ ।

जब खाना (प्रसाद) तैयार हुन्छ, ध्यान अथवा पूजा गर्ने ठाउँमा फलफूल र प्रसाद राख्नुहोस् ।
पूजास्थानमा दीप, मोमबत्ती या अगरवत्ती बाल्नुहोस् । प्रकाशलाई स्वयं भगवानको उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रम्हाण्ड शक्तिको भेट मानिन्छ ।

त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवानको आरती गर्न सकिन्छ । त्यस समयमा भागवत् गीता लगायतका आफ्नो अनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । यातफेरि भजन गाउँदै प्रार्थना गर्न सक्नुहुन्छ ।

ब्रतको दिन के खाने ?
ब्रतको दिन कुनै ठोस खाना नलिनुहोस् । रातको समयमा ५ बजेपछि हल्का खाना (खीर, हलुवा, भात र सागसव्जी) खान सक्नुहुन्छ ।

यदि स्वास्थ्यका कारण दिनभर निराहार ब्रत बस्न सम्भव छैन भने कमजोरी हुनुहन्छ भने यातफेरि अत्यधिक टाउँको दुख्यो भने दूध र फलफूल लिन सक्नुहुन्छ । त्यस्तै जडिबुटीको चिया वा पानी पनि पिउन सक्नहुन्छ ।

प्रतिक्रिया दिनुहोस्