कोरोना राहत कोषलाई चलचित्र कलाकार संघद्वारा १ लाख १ हजार सहयोग



काठामाडौं : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चलचित्र कलाकार संघले कोरोना राहत कोषमा १ लाख एक हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ ।

आइतबार चलचित्र कलाकार संघले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा १ लाख एक हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

चलचित्र कलाकार संघले कोरोना संक्रमणबाट बच्नका लागि क्वारेन्टाइनमा बस्न, साबुन पानीले हात धुन तथा सेनेटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । त्यस्तै, कसैलाई संक्रमणको लक्ष्यण देखिएमा वा शंका लागेमा तोकिएको निकायमा खबर गर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्