लकडाउन उल्लंघन नगर्न सम्झाउँदा प्रहरीमाथि चक्कु प्रहार



भक्तपुर : भक्तपुरको सूर्यविनायक चोकमा प्रहरीमाथि चक्कु प्रहार भएको छ । विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा बाहिर ननिस्कन सम्झाउँदा सूर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरीमाथि एक युवकले चक्कु प्रहार गरका हुन् ।

प्रहरीमाथि चक्कु प्रहार गरेपछिल ती युवक भागेका थिए । चक्कु लागेर घाइते प्रहरी हवल्दार केशरसिंह रावतको गालामा चोट लागेको छ ।

प्रहरीले लखेट्दै भुलाँचा चोकमा पुगेपछि समाउन खोज्दा सो व्यक्तिले हवल्दारमाथि फेरि चक्कु प्रहार गरे ।

सुदीप क्षेत्री नाम गरेका ती व्यक्तिलाई स्थानीयको सहयोगमा प्रहरीले समात्न सफल भएको छ । क्षेत्रीलाई गुलेली र चक्कुसहित नियन्त्रणमा लिएको महानगरिय प्रहरी वृत्त जगातीले जानाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट क्षेत्रीको मानसिक अवस्था ठिक नभएको खुलेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जगाती वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्